सिरहा, भदौ २१ गते । सद्भावना पार्टीका केन्द्रिय सल्लाहकार तथा मुस्लिम स्वायत परिषद्का केन्द्रिय संयोजक महमुद आलमलाई सशस्त्र प्रहरीले कुटपिट गरि घाइते बनाएका छन् । आलमलाई घाइते अवस्थामा नै रातभर इलाका प्रहरी कार्यलय लहानमा राखिएको थियो ।
घाइते आलमका अनुसार मैले कोण सभामा कडा अभिवेक्ति दिएको कारण मलाई आन्दोलन चौक नजिक शस्सत्र प्रहरीको एक टोलीले मलाई दुरव्यवहार गर्दै गाली गलोज गर्न थाल्यो त्यसपछि म ‘ जयमधेश को नारा लगाई आउन थाल्दा मलाई ४र५ जना प्रहरीले बन्दुकको नालले हानि घाइते बनाएका हुन् त्यसपछि वडा प्रहरी कार्यलयमा मलाई रात भरि राखी करिव ४ बजे बिहान मलाई घर पुर्याएका हुन् । अहिले आलमको लहान अस्पतालमा उपचार भैरहेको छ भने उपचारको क्रममा आलमको निधारमा ७ वटा टाका लगाइएको छ ।
यता प्रहरी स्रोतको अनुसार आलम मादक पदार्थ सेवन गरि प्रहरीहरुलाई जथाभावी गालीगलोज गर्दै प्रहरी भ्यान र स्कोटिंग गरि गाडीलगियो भने सम्पूर्ण गाडीमा आगो लगाई जलाई दिने जस्ता कुराहरु गर्न थाले पछि झडप भएको र आलम मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्ट पनि आइसकेको छ, संगै यस घटनाको छानबिन भैरहेको प्रहरी स्रोतले जनाएका छन् ।



तपाईको प्रतिक्रिया