Khadya Bibhag

अनिल झाले आन्दोलनलाई थप उचाइमा पु¥याउन जारी गरेको विज्ञप्ति यस्तो रहेछ,

अनिल झाको संघीय मधेशी मोर्चाले एकताबद्ध भई आन्दोलनलाई थप उचाईमा पु¥याउन आह्वान गरेको छ । मधेशी जनताको चाहनाअनुसार आन्दोलनरत् सम्पूर्ण राजनीतिक दलहरुलाई विगतका आआफ्ना कमी कमजोरीहरुप्रति आत्मालोचित हुँदै एकताबद्ध हुन मोर्चाले आह्वान गरेको हो । मोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा ‘मधेश विरोधीहरु घोषित अघोषितरुपमा एक ठाउँमा रहेको अवस्थामा अधिकार प्राप्तिका लागि आन्दोलित शक्तिहरु एकताबद्ध भएर एकताबद्ध भएर संघर्षको मोर्चामा आउनु संघर्ष विज्ञानको सामान्य नियम हो ।’ उल्लेख गरेको छ । संघर्षरत सबै मधेशवादी राजनीतिक दल, मोर्चा र शक्तिहरुका साथै थारु नेतृत्व र थारु अगुवाहरुलाई एकताबद्ध गरी आन्दोलनलाई अझ सशक्त बनाउन वातावरण बनाउने कार्यको पहल गर्न संघीय मधेशी मोर्चाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया