Khadya Bibhag

कलैयामा मुस्लिम परम्परा अनुसार मियाँको अन्त्येष्ठि

वीरगञ्ज, भदौ २० गते । मधेश आन्दोलनको क्रममा बारामा प्रहरीको गोली लागी मृत्यु भएका हिफाजत मियाँ अन्सारीको आज बारामा शवयात्रा निकालिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको केही दलहरुको आमहडतालको र आन्दोलनको क्रममा यही भदौ १५ गते प्रशासनले लगाएको निषेधित क्षेत्र तोड्नेक्रममा कलैयाको भरतचोकमा प्रहरीले चलाएको गोली लागेर मियाँको मृत्यु भएको थियो ।
स्थानीय प्रशासनले कलैया नगरपालिका वडानम्बर १० का मियाँलाई सहदि घोषणा र मृतकका परिवारलाई क्षतिपूर्तिको सिफारिस गरेपछि मृतकका परिवार र आन्दोलनकारी दलहरु मियाँको अन्त्येष्टिका लागि सहमत भएका हुन् । शवयात्राले कलैयाको सहिदचोकबाट निस्किएर नगर परिक्रमा गरेको छ । मियाँको आजै मुश्लिम परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया