कपिलवस्तु भदौ २० गते । सदभावना पार्टीका केन्द्रिय अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र महतोले काग्रेस
,एमाले र एमाओवादीको कारण मधेसमा यो अवस्था सृजना भएको बताउनु भएको छ ।
मधेसी पत्रकार सघं कपिलवस्तु शाखाले आज तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेसवादी शक्तिहरु संग भएको सम्झौता पुरा नभए सम्म आन्दोलन जारी रहने बताउनु भएको छ ।
बार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहकेको र मधेसमा जारी शान्तिपुर्ण आन्दोलनमा नेपाल प्रहरी,सशत्र प्रहरी र नेपाली सेना परिचालन गरेर मधेसी जनतालाई मार्ने कार्य गरेको आरोप समेत उहाले लगाउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै महतोले भन्न्ु भयो यसपालिको आन्दोलन आर या पारको
भएको बताउदै यसपालिको मधेस आन्दोलनमा सम्पुर्ण मधेसवादी दल,संगठन एवं अन्य
दलमा रहेका मधेसीहरु समेतलाई स्वभिमान , पहिचान र अधिकारको लडाईमा लाग्न
आग्रह गर्नु भयो ।
साथै मधेस आन्दोलनमा ज्यान गुमाएका वीर शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रन्तीय
सरकार गठन गरेपछी ५० लाख दिने समन्य कुरा भएको उहाले बताउनु भयो । अहिले
देशमा खसवादी र पुरातनवादी सोच भएका नेताहरुले देश चलाउदै आएको भन्दै यो
प्राक्रिया गलत भएको उहाले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष एवं सभासद नरसिह चौधरी र केन्द्रिय सदस्य रविदत्त मिश्रा लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको अध्यक्ष्ता मधेसी पत्रकार सघं कपिलवस्तु शाखा का अध्यक्ष मनोज कुमार ओझाले गर्नु भएको थियो भने सो पत्रकार सम्मेलनको सञ्चालन दिपक केसीले गर्नु भएको हो । पत्रकार सम्मेलनमा कपिलवस्तुका क्रियासिल पत्रकारहरुको सहभगीता रहेको थियो ।



तपाईको प्रतिक्रिया