मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल(क्रान्तिकारी)
केन्द्रीय कार्यालय,काठमाण्डौ ।
मिति २०७२÷५÷१०
प्रिय पत्रकार बन्धुहरु,
संंविधानको प्रथम मस्यौदा जारी भए देखि देश आन्दोलनमा छ । मुख्य गरेर प्रतावित संविधानमा पहिचान र सार्मथ्य सहितको प्रदेशको संरचना गर्ने जनयुद्ध, मधेश आन्दोलन तथा अन्तरिम संविधान समेतको भावना प्रतिकूल हुने गरी खाका आपछि मधेशी, जनजाति, थारु, मुश्लीम, दलित, महिला लगायत अल्पसंख्यक तथा उत्पीडित जाति, क्षेत्र वर्गको जनसमुदायहरु आन्दोलनरत छन् ।
देशको आधी अवादी वस्ने सम्पूर्ण मधेश विगत दुई सातादेखि पूर्ण रुपमा बन्द रहेको छ भने जनजातिहरुले पटक–पटक नेपाल बन्द गर्दै आएका छन् । आन्दोलनको क्रममा प्रहरीको कारवाहीमा सप्तरीमा राजीव राउत, रौतहटमा राजकिशोर ठाकुर, रुपन्देहीमा अनिल यादव र दुर्गेश यादव तथा कैलालीमा समेत आन्दोलकारी शहीद भएका छन् । सैयौंको संख्यामा घाइते भएका छन् । यसैक्रममा कैलालीमा अखण्ड सुदूर पश्चिमका पक्षधरको पूर्वाग्रही भावना र ज्यादतिवाट पीडित थारु समुदायको आक्रोशको शिकार एस.एस.पी लक्ष्मण न्यौपाने लगायत सात जना प्रहरी भएका छन् । साथै यस घटनामा एकजना नवालकको समेत दुःखद मृत्यु भएको छ ।
पूर्वमा ओली, सिटौला र पश्चिममा रावल र देउवा लगायत नेताको गलत अडानकै कारण आज पूरै देश ठूलो संकटको भुमरिमा फसेको छ । विशेष गरेर कैलालीमा घटेको घटनालाई निहू बनाएर शान्तिपूर्ण रुपमा भैरहेको आन्दोलनलाई वाहिर सेना परिचालन गरी र भित्रभित्रै पार्टी नेताहरुको ह्ीप लगाएर संघीयता विरोधी संविधान जारी गर्ने षड्यन्त्र भैरहेको छ । यस्तो अवस्थामा मधेशी मुक्ति आन्दोलनको एक प्रमुख अगुवा संगठनको नाताले राज्यले योजनावद्ध रुपमा सेना परिचालन गरि राज्य आतंक मचाउने र जनताको शान्ति पूर्वक भैरहेको आन्दोलनलाई समेत दमन गरी जनविरोधी संविधान जारी गर्ने षड्यन्त्रको हामी घोर निन्दा र भत्र्सना गर्दछौ । यस महान संघर्षमा सम्पूर्ण पार्टी, ज.व.स.मोर्चा एवं आम जनसमुदायलाई सहभागी हुन अपील गर्दै निम्न माँगहरु र कार्यक्रम सहित आन्दोलनमा जाने निर्णय गरेका छौ ।
१ आन्दोलनको क्रममा मृत्यु भएका आन्दोलनकारीहरुलाई शहिद घोषणा गर । घाइतेहरुलाई राज्यवाट सम्पूर्ण उपचारको व्यवस्था गर । राज्यले शहिद भएकोलाई सुविधा एवं सम्मान प्रदान गर ।
२ सेना पचिालन तत्काल फिर्ता गर । राज्य आतंक बन्द गर ।
३ अन्तरिम संविधान अनुसार तराईमा थारुआदिवासी र मधेशीको पहिचानको आधारमा दुई प्रदेशको सीमाङ्कन गर ।
४ अधिकार सम्पन्न संघीय राज्यको निर्माण गरि सवै राज्यसभा, लोकसभा लगायत राज्यको सबै अङ्ग, तह तप्का वा निकायमा मधेशी, जनजाती, थारु, दलित, महिला, मुश्लिमलगायतको जनसंख्याको अनुपातमा समानुपातिक तथा समावेशीकरणको व्यवस्था गर ।
५ मधेशी, थारु, जनजाति, दलित, मुश्लीमको केन्द्र र प्रदेश दुवै तहमा छुटाछुट्टै संवैधानिक आयोग गठन गर ।
६ पूर्ण रुपमा नागरिकता समस्या समाधान गर । साथै त्रिभाषिक नीति लागु गर ।
७ केन्द्रीकृत एकात्मक किसिमको न्यायपालिकाको अन्त्यगरि संघीय संरचना अनुरुपको न्यायपालिका संरचनाको निर्माण गर ।
८ केन्द्रीकृत एकात्मक सुरक्षा र राजस्व सम्वन्धि व्यवस्था खारेज गरी अधिकार सम्पन्न प्रदेशको ग्यारेन्टी गर ।
९ महिला र दलितहरुको लागि प्रत्यक्षतर्फ निश्चित संख्यामा निर्वाचन क्षेत्रको आरक्षण गर ।
१० जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर ।
कार्यक्रमः
भाद्र ११ र १२ गते सवै मधेशका जिल्लामा वैठक तथा पत्रकार सम्मेलन
भाद्र १३ र १४ गते भेला, कोणसभा र सभा
भाद्र १७ गते सवै ग्रामीन इलाकामा मशाल जुलूस तथा सदरमुकाममा वृहत जनप्रदर्शन
……………………………. …………………………
अध्यक्ष महासचिव
रामकुमार शर्मा रामरिझन यादव



तपाईको प्रतिक्रिया