गौशाला, भदौ ९ थते । महोत्तरीको जलेश्वरमा गएराति आफैँले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय भोगेन्द्र दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राती ९ बजे जलेश्वर–१३ धबौलीमा खेत जोतिरहेको बेला हिलोमा फसेको ज.१त ६३६४ नम्बरको ट्याक्टरलाई चालक तत्माले ज.१त७७५९ नम्बरको अर्को ट्याक्टरले तान्ने क्रममा ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले किचिएर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताए। तत्माको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस



तपाईको प्रतिक्रिया