काठमाडौँ, भदौ ९ गते । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक_ पार्टीको अध्यक्ष विजयकुमार गच्छदारले थारु र मधेसी समुदायको माग सम्वोधन नभए संविधानसभा छाड्ने चेतावनी दिएका छन् ।
संविधानको मस्यौदामाथीको छलफलमा भाग लिदै अध्यक्ष गच्छेदारले अहिले प्रस्ताव गरिएको ७ प्रदेशले समस्याको समाधान नहुने भन्दै मधेसी र थारु समुदायको माग सम्वोधन गर्न नसक्ने प्रस्तावलाई मान्न नसक्ने बताए । उनले थारु, मधेसी र आदीवासी जनजातीको माग सम्वोधन गरेर संविधान निर्माण प्रकृया अघि बढाउन आग्रह गरे । आफु त्यसको लागि अन्तिम समयसम्म प्रयत्नशील रहने भन्दै उनले त्यसलाई सम्वोधन नगरे आफ्नो पार्टीपनि संविधानसभा छाडेर आन्दोलनमा जाने चेतावनी दिए ।



तपाईको प्रतिक्रिया