Khadya Bibhag

रौतहटमा गोली प्रहार, अवस्था तनावग्रस्त बन्दैँ

रौतहट, भदौ ७ गते । संयुत्त लोकतान्त्रिक मधेशी मोर्चाको आम हडतालको दशौँ दिन भइसके पनि मधेशको जिल्लाहरुको अवस्था तनावग्रस्त नै रहेको छ । सोमवार रौतहटको गौरमा  झन अवस्था तनावग्रस्त छ । रौतहटमा सरकारी कार्यालयहरुमा आन्दोलनकारीहरुले नेपाल सरकारको ठाउँमा मधेश सरकार लेखिरहँदा अवस्था तनावग्रस्त भएको हो । सबै सरकारी कार्यालयहरुमा आन्दोलनकारीहरुले मधेश सरकार लेखेका छन् ।
यसै क्रममा महिलाहरुले तरबार जुलुस निकाली सिडियो कार्यालय पुग्दा अवस्था तनावग्रस्त भएको थियो । प्रहरीले गोली चलाउनुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका छन् । प्हरलिाई आन्दोलनकारीहरुले प्तिकार जोडदार रुपमा गरेको छ । रौतहटमा अहिले आन्दोलनकारी र प्रहरीबीच झडप हुदाँ केही प्रर्दशनकारी समान्य घाइते समेत भएको सद्भावना पार्टीका युवा नेता तथा केन्द्रीय सदस्य योगेन्द्र राय यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया