धनगढी, भदौ ७ गते । आदीवासी जनजाती लगायत थारहरुको बन्दको क्रममा धनगढी जिल्लाको टिकापुर क्षेत्रमा बढेको तनावले उग्र रुप लिएको छ । प्रहरी र थरुहट पक्षबीच झडप हुदाँ चार जनाको मृत्यु भएको छ । झडप नियन्त्रण गर्न गएका प्रहरीको पनि मृत्यु भएको खुलासा भएको छ ।
प्रहरी र प्रर्दनकारी वीच भएको झडपमा एक दर्जन भन्दा बढि घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर भएको स्थानिय चक्र बहादुर रावलले जानकारी दिए । मृतक थरुहट वा अखण्ड पक्षधर हुन् भन्ने खुलेको छैन ।
प्रशासनले लगातार चार दिनदेखि लगाउदै आएको कर्फयु र निषेधाज्ञा तोड्न खोज्दा भिडन्त भएको हो । केही दिनदेखि यो क्षेत्रमा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय टीकापुरले विहान ११ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ । टिकापुर क्षेत्रमा अहिले कर्फयु लगाईएको छ । दुर्गाैली, पथरिया, टिकापुर लगायतका क्षेत्रमा अहिले पनि झडप जारी नै रहेको छ ।



तपाईको प्रतिक्रिया