Khadya Bibhag

प्रहरीको गोली लागेर फोरम नेपालका नेता घाइते

सिरहा, भदौ ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको अनिश्चितकालिन आमहडतालको आज १०औ दिन भएपनि आन्दोलन जारी नै रहेको छ । सिरहामा आन्दोलनकै क्रममा सोमबार विहानै मिर्चैयामा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा गोली चलेको छ । प्रहरीद्धारा दर्जनौं राउण्ड आश्रुँ ग्यास प्रहार गर्नुका साथै दुई राउण्ड गोली चलाइएको छ ।
प्रहरीले प्रहार गरेको गोली संघीय समाजवादी फोरम नेपालका नेता विष्णु साहलाई लागी घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको हो । प्रहरीले विहान स्काटिगं गरेर सवारी साधान पास गराउँदा प्रर्दशनकारीहरु सडकबाट उठन मानेका थिएनन् । मिर्चैयाको कटारी चौकमा प्रर्दशनकारीमाथि प्रहरीले गोली र आश्रुग्याँस प्रहार गर्न थाले पछि अवस्था तनाव ग्रस्त बनेको छ । सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर मधेशी मोर्चाले थप कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया