Khadya Bibhag

तराईका जिल्लामा मधेश र थरुहट सरकारको वोर्ड

काठमाडौँ, भदौ ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दशौँ दिन सम्मको अनिश्चितकालिन आमहडतालको कारण  एकातर्फ बन्दको मारमा सर्वसाधारण परेका छन, भने अर्कौ तिर सरकारले आन्दोलनकारीको माग सम्बोधन गर्नु साटो झनै मधेश र थरुहटविरुद्ध निर्णय लिँदै गएपछि बन्दकर्ताहरु झनै आक्रोशित भएका छन् । बन्दकर्ताहरुले जिल्लाका सरकारी कार्यालयहरु बन्द गराउनुको साथै सरकारी कार्यालयका बोर्ड हटाएर स्वायत्त प्रदेश सरकार लेखिएको बोर्ड झुन्ड्याएका छन् । विभिन्न ठाँउहरुमा मधेश सरकार लेखिएको छन् ।
विभिन्न जिल्लाहरुमा बन्दकर्ता र प्रदर्शनकारीहरुले आफूले चाहेको स्वायत्त प्रदेशको घोषणा गर्दै सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएका छन् । पूर्वमा झापा, सुनसरीदेखि पश्चिमको कैलाली कञ्चनपुरसम्म ‘मधेश प्रदेशमा तपाईलाई स्वागत छ, थरुहट प्रदेशमा तपाईलाई स्वागत छ’ जस्ता नारा लेखिएका बोर्डहरु झुन्ड्याइएका छन् । त्यस्तै प्रदर्शनकारीहरुले सरकारी कार्यालयमा पनि मधेश सरकार लेखिएको बोर्डहरु झुन्ड्याएका छन् ।

आईतबार मात्रै रौतहट सदरमुकाम गौरका सरकारी कार्यालयहरुमा मधेश सरकार लेखेको बोर्ड झुन्ड्याइएको छ । त्यस्तै, बाँके र बर्दियामा पनि स्वायत्त थरुहट प्रदेश लेखिएको छ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सहसंयोजक रामकुमार दिक्षितले नेपालगंजको फुल्टेक्रा नाकामा ‘थरुहट स्वायत्त प्रदेश’को बोर्ड लगाएर नामाकरण गरेका छन् ।

पूर्वपश्चिम राजमार्गको कोहलपुर चौराहामा ‘थरुहट स्वायत्त प्रदेश’ लेख्न सुरु गरिसकेको बन्दकर्ताहरुले बताएका छन् । यस्तै कोहलपुर नगरपालिकामा पनि थारुले ‘थरुहट स्वायत्त प्रदेश’ लेखेका छन् । यसअघि कर्णाली क्षेत्रमा पनि स्वायत्त कर्णाली सरकार लेखिएको बोर्ड सरकारी कार्यालयहरुमा झुन्ड्याइएको थियो ।

तपाईको प्रतिक्रिया