![]() |
| मुस्लिम गठबन्धाद्धारा जनकपुरधाममा प्रर्दशन |
जनकपुरधाम भदौ ६ गते । अगामी बन्ने संविधानमा मुस्लिम अधिकारको सुनिश्चितताको माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले जनकपुरधाममा प्रर्दशन गरेको ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शसिल कोइरालालाई ज्ञापन पत्र समेत बुझाइएको छ ।
मुस्लिमहरुको प्रर्दशनलाई स्थानीयबासीहरुले ताली बजाएर स्वागत गरेका थिए भने प्रर्दशनमा मुस्लिम महिलाहरुको पनि उलेख्य सहभागीता रहेको थियो ।
अनिश्चितकालिन रुपले मधेशमा जारी आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन बीच सहकार्य गर्ने सहमति यसअघि नै भईसकेको छ । आइतवार गरिएको जनकपुरधामको प्रर्दशनमा मुस्लिमहरुको पनि उल्लेख्य सहभागीता रहेको छ ।



तपाईको प्रतिक्रिया