Khadya Bibhag

भैरहवा पाँचदिनका लागि निषेधित क्षेत्र घोषणा


लुम्बिनी -रुपन्देही+_, भदौ ५ गते । जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवाका केही क्षेत्रमा शनिवार देखि आगामी पाँच दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँचजनाभन्दा बढी मान्छे हिड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
भैरहवाको पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायाँदेवी चोक, उत्तरमा विद्युत कार्यालय र दक्षिणमा बेलहिया नाकासम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
आन्दोलनकर्ता र प्रतिकार समूहबीच ठाउँठाउँमा झडपको स्थिति आएपछि निषेधित क्षेत्र जारी गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया