कलैया, भदौ ५ गते । प्रहरी चौकी पथलैया बाराले चेकजाँचका क्रममा लागुऔषध डाइजेपामसहित दुईजनालाई युुवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
लागुऔषध सहित पक्राउ पर्नेमा धरान नगरपालिका–१५ बस्ने १८ वर्षीय विनोद परियार र सोलुखुम्बु बस्ने १९ वर्षीय सन्दीप लामा रहेको छ । उनीहरु हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा निजबाट ५१ थानको डाइजेपाम बरामद भए पछि पक्राउ गरेको थिए ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी सहायक निरीक्षक वृजेश चौधरी जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया