Khadya Bibhag

संविधानसभाको वैठक आइतवार साझ वस्ने निर्णय

काठमाडौँ, भदौ ५ गते । संविधानसभाको बैठक आइतबार साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक तयार पारेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई शुक्रबार बुझाएको सन्दर्भमा आइतवारको लागि बैठक बोलाइएको हो ।

संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संविधान मस्यौदा समितिले पेस गरेको प्रतिवेदन सभामा प्रस्तुत गर्न बैठक बोलाइएको हो । तर आइतवार बिहान ११ बजे बस्ने व्यवस्थापिका–संसद्ले सो सम्बन्धमा आधिकारिक जानकारी गराउने छ ।

सदनमा संविधानसभा बैठक बस्ने सम्बन्धी सूचना जानकारी गराएपछि मात्रै बैठक बस्नेछ । संविधानसभाको आइतवारकोे बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रतिवेदन प्रस्तुत गर्ने छ  ।
प्रतिवेदनमाथि पहिलो चरणमा सैद्धान्तिक छलफल हुनेछ । प्रमुख तीन राजनीतिक दलले गरेको पछिल्लो सहमतिमा मधेस केन्द्रित राजनीतिक दललगायतका पार्टीले विरोध गरेका कारण दलहरुले सहमतिका लागि प्रयत्न गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया