सिरहा, भदौ ५ गते । संयुक्त मधेसी मोर्चामा आबद्ध राजनीतिक दलका नेता र सिरहाका स्थानीय प्रशासनबीच बन्दका क्रममा कुनै सवारी साधन तोडफोड र आगजनी नगर्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलका क्रममा विभिन्न राजनीतिक दलका नेताले कुनै सवारी साधनमा तोडफोड तथा आगजनी नगरी आन्दोलनलाई संयमित बनाउने र स्थानीय प्रशासनबाट यथोचित संयमता अपनाउने सहमति भएको हो ।
बन्दका क्रममा जिल्लास्थित सरकारी कार्यालय जबर्जस्ती बन्द गराउँदै आएको र बन्द नगरिएका कार्यालयमा तोडफोड र आगजनी गर्दै आएकामा अब जबर्जस्ती सरकारी कार्यालय बन्द नगराउने सहमति भएको सिरहाका प्रजिअ डा मानबहादुर विकेले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया