Khadya Bibhag

बन्दको अवज्ञा गरेको भन्दै जलेश्वरमा आन्दोलनकारीले गाडी तोडफोड

गौशाला, भदौ ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अनिश्चितकालिन आमहडताल चलिरहेको वेला नै बन्दको अवज्ञा गरेको भन्दै महोत्तरीको जलेश्वरमा आन्दोलनकारीहरुले आज दुईवटा भारतीय गाडीमा तोडफोड गरेका छन् ।
संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले जलेश्वरको खैराचौकमा बी.आर.०६पी.ए.१७९३ नम्बरको टाटा बोलेरो र बी.आर.३०पी ०४९१ नम्बरको टाटा सुमो गाडी तोडफोड गरेका छन् ।
आन्दोनकारीले ती दुवै गाडीको सिसा फुटाइदिएका छन् भने गाडीको अन्य भागमा पनि क्षति पु¥याएका छन् । तोडफोड गरिएका एउटा गाडी धनुषाको जनकपुरबाट भारततिर जाँदै थियो भने अर्को गाडी भारतको सीतामढीबाट महोत्तरीको जलेश्वर आउँदै थियो ।
आमहडतालमा पनि गाडी चलाएको छ भनेर बन्दको अवज्ञा गरेको भन्दै सोही क्रममा जलेश्वरको खैराचोकमा सडक जाम गरी बसिरहेका मोर्चाका नेता कार्यकर्ताले ढुङ्गा प्रहार गरी दुवै गाडीमा तोडफोड गरेका थिए ।

तपाईको प्रतिक्रिया