भैरहवामा कफ्र्यू जारी

File Photo

भैरहवा, भदौ ५ गते । रुपन्देही जिल्ला प्रशासन कार्यालयले सदरमकाम भैरहवामा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समिति रुपन्देहीका अध्यक्ष तथा प्रजिअ विष्णु ढकालले शान्ति अमनचयन कायम गर्न पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतम बुद्ध विमानस्थल, उत्तरमा पडसरी र दक्षिण सिमानाका बेलहियासम्म निषेधाज्ञा गरिएको बताउनुभयो ।

दश दिनदेखि प्रदेश सीमाङ्कनका विषयमा असहमति जनाउँदै भैरहवामा संयुक्त मधेसी मोर्चाले आन्दोलन गर्दै आएकामा बिहीबार आन्दोलनका क्रममा तोडफोड आगजनी भएपछि स्थानीयवासी प्रतिवादमा उत्रेका थिए ।

तपाईको प्रतिक्रिया