विराटनगर, भदौ ५ गते । संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण रोकेर राखेका चार सयभन्दा बढी गाडीलाई शुक्रबार साँझ प्रहरीले सुरक्षा घेरा दिई गन्तव्यतर्फ पठाएका छन् ।
सिरहाको बन्दीपुरमा रोकेर राखेका २९८ वटा यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई प्रहरीले सुरक्षा घेरा दिई उदयपुर, सुनसरी, मोरङ र झापासम्म पु¥याएको छ ।
त्यसैगरी, पूर्वबाट पश्चिमतर्फ जान लागेका १८१ वटा सवारी साधनलाई सुरक्षा घेरा दिई सिरहाको बन्दीपुर कटाइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
सो क्रममा बन्दकर्ताहरुले सुनसरी, सप्तरी र सिरहामा तीन वटा गाडी तोडफोड गरेका छन् ।
सुनसरीको पश्चिमी कुसाहा– ९ मा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको ना५ख ५२६१ नंको बस, सप्तरीको ना४ख ४२६६ नंको बस र सिरहाको मिर्चैया– ५ मा ना३ख ९०७७ नंको ट्रकमा लुकिराखेका बन्दकर्ताले ढुङ्गा प्रहार गरी सिसा फुटाएका थिए ।



तपाईको प्रतिक्रिया