अहिले मधेशवादी दलमा सविधानसभाबाट सभासद्ले राजिनामा दिनुपर्ने कुराले निकै चर्चा पाएको छ । सभासद् नरहेका नेताहरुले सविधानसभाबाट सभासद्हरुले राजिनामा दिनुपर्ने कुरा जोड तोडले उठाएका छन् । फेसबुकदेखि लिएर समाचार र लेख रचनामार्फत दलको नेतृत्वमाथि दवाव दिइरहेका छन् त्यसमा सबभन्दा अगाडि सद्भावना पार्टीका नेताहरु रहेका छन् ।
हुन त सविधानसभाबाट राजिनामा दिनुपर्छ भने कुरा सबभन्दा पहिले सद्भावना पार्टीले नै उठाएका थिए । केन्द्रीय समितिबाट पनि राजिनामा दिनुपर्छ भने निर्णय भइसकेका छन् । राजनीतिक समितिबाट निर्णय हुनुपर्ने थियो तर स्थगित भएको बैठक हालसम्म पनि बसेका छैन । सविधानसभाको राजिनामाले गर्दा सो पार्टी फुट्ने समाचारहरु पनि बाहिर आएका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका युवा नेताहरुले पनि सविधानसभाबाट आफ्ना पार्टीका सभासद्हरुलाई राजिनामा गराउने दवाव दिइरहेका छन् । त्यसबाहेक अन्य दलका तथा विभिन्न अभियानमा लागेका युवा विद्यार्थीहरुले पनि सभासद्हरुले राजिनामा दिनुपर्छ भनि कुरा जोड तोडले उठाएका छन् । यसैबीच बीक्की यादव संयोजक रहेकोे स्वभिमान मधेश विचार समूहले मधेशी सभासद्ले राजिनामा विषयमा एक अन्तरक्रिया कार्यक्रमका आयोजना गरेका थिए ।
कार्यक्रममा सबै दलका युवा तथा विद्यार्थीहरुको उपस्थिति थियो भने मुख्य वक्ता थिए, तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्ना सभासद्लाई राजिनामा दिलाउलान भने कुरामा मलाई विश्वास छैन, नेता सोनलले भने, त्यसो भए अब गर्ने के त ? त्यसको एउटै उपाय हो विकल्पको खोजी ।’ आफै शक्तिशाली नभए कसैलाई राजिनामा दे भन्दैमा उसले किन राजिनामा दिने भन्दै उनले विभिन्न बाटोबाट सभासद् बनेका सभासद्ले राजिनामा दिन नमानेपछि के अब त्यतिकै बस्न नसकिने उनले भने, हामी लालु, नितिश, कर्पूरी ठाकुर जस्तो नयाँ शक्ति निर्माण गर्न चाहन्छौ कि त्यसैमा बसेर छोरी कुटेर बुहारी तर्साउने काम गर्ने हो यो हामी तपाईमा डिपेन्ट पर्छ ।’
हामीसँग अब दुईटा विकल्प मात्र बाँकी छ, तपाई वैकल्पिक राजनीतिक गर्नुस् या जहाँ जहाँ छौ त्यहाँ कम्पर्माइजको राजनीतिक गर्नुस्, उनले भने, यो कम्पर्माइजको राजनीतिक हो । यहाँ धेरै कुरा सहेर पनि राजनीतिक गर्नुपर्छ तर मधेशवादी जति पनि दलहरु छन् सबै आदेशात्मक पार्टी हो त्यहाँ बसेर केही प्राप्त हुनसक्दैन ।’
भिडियो यहाँ हेर्नुस्



तपाईको प्रतिक्रिया