Khadya Bibhag

जनताको आफ्नै लगानीमा ग्राभेल सडक

फाइल फोटो

 मोरङ, भदौ ५ गते । मोरङको अमरदह गाविसका स्थानीयवासीले आफ्नै लगानीमा दुई किलोमिटर लामो सडक ग्राभेल गरेका छन् ।

अमरदह–७ स्थित जय नेपाल चोकका स्थानीयवासीले प्रत्येक घरबाट पाँच सय देखि सात हजार रुपियाँसम्म उठाएर करिब एक लाख ५० हजार रुपियाँको लागतमा २५ फिट चौडाइको दुई किलोमिटर सडक ग्राभेल गरेको जानकारी विकास निर्माण समिति अमरदहका अध्यक्ष मनोज मेहताले दिएका छन् ।

स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीले सडक, कल्भर्ट तथा विकासका कार्य नहुँदा गाउँबाट हुने बसाइँसराइ रोक्न एक भेला गरी आफ्नो गाउँको विकास निर्माणमा सरकारको मुख नताकी गाउँले मिलेर अमरदहलाई मोरङ जिल्लाकै नमुना गाउँ बनाउन लागिपरेको समितिका सचिव शम्भु दासले बताए ।

तपाईको प्रतिक्रिया