Khadya Bibhag

वार्तामा आउन राष्ट्रपति यादवले गरेको आग्रह मधेशी मोर्चाद्धरा अस्वीकार

काठमाडौ भदौ ४ गते । सविधानसभाबाट आफ्ना सभासद्लाई सामूहिक राजिनामा दिलाउने घोषणा गरेका सद्वभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई राजिनामा नदिन राष्ट्रपति डा.रामवरण यादवले सुझाव दिएका छन् ।
मधेशमा विभिन्न कार्यक्रम लिएर सप्तरीको भारदह पुगेका अध्यक्ष महतोलाई हिजो साँझ राष्ट्रपति डा.रामवरण यादवले फोन गरेर सविधानसभाबाट राजिनामा नदिन सुझाव दिएको बताइएको छ । कार्यक्रमका लागि हिजो सप्तरीको भारदहबाट इनर्वा पुगेका महतोसँग राष्ट्रपति यादवले राजिना दिने निर्णय फिर्ता लिएर वार्तामा सहभागि हुन आग्रह गरिएको स्रोतले जनाएको छ । उनले भने, राजिनामाको कुरा छाडेर काठमाडौ आउनुस् कुरा गर्नुस् म सबै कुरा मिलाउँछु ।’
त्यसपछि महतोले आफ्नो पार्टीले पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरि सकेको अब यसबाट पछाडि फर्कन मिल्दैन । जनताले राजिनामा कदलमलाई स्वागत गरिसकेको छ, अब जनतालाई धोका दिन मिल्दै भन्दै राष्ट्रपति यादवको आग्रहलाई अस्वीकार गरेका थिए । राष्ट्रपतिले त राजिनामाको कुरा राष्ट्रपतिले मानिरहेका छैन भन्नुस् केही हुँदैन र भोली मसँग भेट्न आउनुस् म सबै कुरा मिलाउँछु भनि पनि सुझाव दिएका थिए । अध्यक्ष महतोले राष्ट्रपति यादवलाई भनेका थिए, बरु हामीले सविधानसभाबाट राजिनामा दिएर आन्दोलनमा छौ त्यसले झन तपाई सजिलो भएको छ । तपाईले पनि भन्नुस् यसरी विरोधको बीचमा म हस्ताक्षर गर्न सक्दिन । तपाईलाई पनि कुरा राख्न सजिलो भएको छ ।

वार्तामा बस्न राष्ट्रपति यादवले दिएको सुझावमा महतोले आफूहरु अहिले मधेशमा जनताको माझमा रहेको र जनतालाई छाडेर तत्कालै काठमाडौ आउन नमिल्ने जवाफ दिएको स्रोतले जनाएको छ । राष्ट्रपति यादवले सोही दिन संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि फोन गरी वार्तामा आउन आग्रह गरेका थिए ।
अध्यक्ष उपेन्द्र यादवले अब वार्ताको कुनै औचित्य छैन, आफूहरुले उनीहरुसँग वार्ता नगरेको होइन, पटक पटक वार्ता गरेको तर त्यसलाई कार्यान्वयन गर्दैनन् भने वार्ता केका लागि ? कहिले ५ प्रदेश त कहिले ६ प्रदेश त कहिले ७ प्रदेशको खाका ल्याउँछन् उनीहरु आफैमा स्पष्ट छैन भने वार्ता के का लागि गर्ने भन्दै वार्ता गर्न अस्वीकार गरेका थिए ।
स्रोतका अुनसार तपाईसँग कुरा गर्न हामीलाई कुनै गाह्रो छैन, यसअघि पनि गरेकै हो, अहिले मधेशका तीन चार ठाउँमा कार्यक्रमहरु छन् त्यो सिध्याएर आएपछि तपाईसँग कुरा गर्न सकिन्छ भनि उपेन्द्र यादवले जवाफ दिएको स्रोतले जनाएको छ ।
अध्यक्ष महन्थ ठाकुरले पनि आफूहरु भर्खर काठमाडौबाट मधेशका कार्यक्रममा आएको र तुरुन्तै फर्किन मिल्दैन काठमाडौ आएपछि कुरा गर्ने जवाफ राष्ट्रपति यादवलाई दिएका थिए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशलाई अनिश्चितकालका लागि बन्द गरी आन्दोलनको घोषणा गरेको छ । आन्दोलनकै क्रमममा मधेशी मोर्चाका नेताहरु अहिले मधेशका विभिन्न जिल्लामा कार्यक्रमहरु गर्दै आन्दोलनलाई अगाडि बढाई रहेका छन् ।

तपाईको प्रतिक्रिया