विराटनगर, ४ भदौ । संयुक्त मधेसी मोर्चाको आह्वन गरेका अनिश्चितकालीन हड्तालका कारण विराटनगरस्थित भन्सार कार्यालयमा थन्किएर रहेका १६८ वटा ट्याङ्करलाई स्कर्टिङ गरेर प्रहरीले आज गन्तव्यतर्फ पठाएका छन् ।
विषेश सुरक्षाको साथ उक्त भन्सार कार्यालयबाट स्कर्टिङ गरेर ती ट्याङ्करलाई मोरङको सीमावर्ती निमुवा बूढीखोलासम्म पु¥याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यहाँबाट सुनसरी जिल्लाका प्रहरीको स्कर्टिङ टोलीले ती ट्याङ्करलाई गन्तव्यतर्फ पठाएका छन् । भन्सारको परिसरमा अहिले पनि ठूलो सङ्ख्यामा मालबाहक गाडी थन्किएका छन् ।



तपाईको प्रतिक्रिया