काठमाडौ भदौ ४ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार डा.बाबुराम भट्टराय सभापति रहेको संवाद समितिको विशेष समितिबाट फिर्ता हुने भएको छ । ६ प्रदेशमा नोट अफ डिसेन्ट लेखेर हस्ताक्षर गरेका फोरम लोकतान्त्रिक पार्टी विशेष समितिबाट अलग भएर आन्दोलनको घोषणा गर्ने भएको छ ।
फोरम नेपाल अध्यक्ष विजय कुमार गच्छदारले ८ प्रदेशमा सहमति गरेका थिए तर पछि काँग्रेसको अडानमा ६ प्रदेश भएको थियो । र, गच्छदारले सविधान निर्माणमा बाधक नबन्ने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए तर ६ प्रदेशको सिमांकनमा पनि मधेशमा दुई प्रदेश नदिएको भन्दै गच्छदार असन्तुष्टि जनाउँदै आइरहेका थिए ।
फोरम लोकतान्त्रिक कार्यालयका सचिव प्रमानन्द मेहताका अनुसार विशेष समितिबाट फिर्ता भएर पार्टी आन्दोलनमा जाने निर्णय गरेको बताए । पार्टीले आज ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कुरा राख्ने भएको छ ।



तपाईको प्रतिक्रिया