कावासोती, भदौ ४ गते । नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
नवलपुरका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर तामाङको गएराति ९ः३० बजे हत्या भएको हो । त्त्काल हत्याको विषयमा कुनै सत्य तथ्य फेला नपरेपनि हत्याको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या कसले गरेको भन्ने यकिन हुन सकेको छैन । नवलपरासीमा पछिल्लो समयमा धारिलो हतियार घाँटीमा प्रयोग गरेर हत्या भएका घटना बढ्दै गएका छन् । अर्खलामा केही समय अगाडि आफ्नै श्रीमानले श्रीमतीको घाँटी छिनाएर हत्या गरेका थिए ।
मृतक तामाङको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया