![]() |
| शेखर सिंह |
काठमाडौ, भदौ ३ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीको पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनमा सर्मथन रहेको छ भन्ने कुरा रामसपाको उपाध्यक्ष शेखरकुमार सिंह वताए । आफ्नो पार्टी प्रत्यक्ष रुपमा नै आन्दोलनमा रहेको छ भन्दै पार्टीले ६ बुदेँ फरक मत ज्ञापनपत्र बुझाएर राज्यलाई पटक–पटक दिशानिर्देश गरेको कुरा उनले वताए । पार्टीले ज्ञापन पत्र बुझाउदैँ शान्तिपुर्ण आन्दोलनमा सक्रिय रहेको भन्ने कुरा उनले वताए ।
उनको पार्टीको धारणा मधेशमा चुरे सहितको दुई प्रदेशको मागको साथ शान्तिपुर्ण आन्दोलनको साथ अघि बढिरहेको छ भन्न कुरा उनले भने । रामसपा पार्टीले ज्ञापन पत्र बुझाउदै शान्तिपुर्ण आन्दोलन गरेर नै धेरै ठुलो भमिका खेली रहेको छ , राज्यलाई सचेत गराइरहेको छ कि मधेशको भावना यो छ यदि यसको विपरित गयौ भने मुलुकमा विद्रोह हुन सक्छ भन्ने किसिमको राज्यलाई दवाव दिइरहेको े पनि उनले दावी गर्नुभयो ।
साथै उनले संविधानसभा भन्ने कुरा संविधान बनाउनु पर्ने थलो यदि त्यो थलोलाई नै छोडेर गइदियो भने त्यो त अर्कोको लागि एकलौटी हुनजान्छ यस्तो अवस्थामा मधेशको धेरै ठुलो नोकसान हुन जान्छ त्यसकारण संविधानसभा नछोड्न उनले सुझाव पनि दिनुभयो । हामीलार्इृ कुनै लोभलालच नभएर मधेशको अधिकारको लागि संविधान सभा नछोडी चौकीदारी गरिरहेको कुरा संहले कुरा गर्दै वताए ।



तपाईको प्रतिक्रिया