Khadya Bibhag

रौतहतमा बन्द सफल पार्न जिल्लाभरि मोटरसाइकल ¥याली प्रर्दशन


रौतहत, भदौ ३ गते । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन आमहड्तालको पाँचौ दिन रौतहटका विभिन्न संघसंस्थाहरुले आन्दोलन सफल पार्न ऐक्यवद्धता कायमा गरेका छन । नेपाल बार एसोसिएसन रौतहट, लेखापढी व्यवसायी संघ रौतहट, निर्माण व्यवसायी संघ रौतहट, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन रौतहट एवम रौतहट जिल्लास्थित आधा दर्जन भन्दा बढि शैक्षिक संघ संस्थाहरुले लिखित विज्ञप्ती निकाली बन्दलाई समर्थन गरेका छन्  ।
बन्दका कारण रौतहत भरि कहि कतै पुर्ण रुपमा गाडी ठप्प रहेका छन् भने शैषिक संस्था , वजार लगायतका सबै कुराहरु पुर्ण रुपमा बन्द रहेको छन् । गौर चपुर सडक खण्डमा सवारी साधान चल्न सकेनन । यस्तै सदरमुकाम गौरबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैन्न भने बजार, कलकारखाना, विद्यालयहरु, सरकारी कार्यालयहरु, गौर भन्सार पूर्ण रुपमा बन्द भएका छन् । सदरमुकाम गौरमा छिटफुट रुपमा मोटरसाईकल चलिरहेको छ । बन्दको कारण सदरमुकाम गौर, कटहरीया, गरुडा, शिवनगर, चन्द्रनिगाहपुर, विजयपुर, बंकुल, गंगापिपरा सहितका बजार–पसलसमेत ठप्प भएको छ ।
यता बन्दकर्ताहरुले रौतहटको गौर, झुनखुनवा, कटहरीया, गरुडा, शिवनगर, चन्द्रनिगाहपुर, गंगा पिपरा, विजयपुर सहितका ठाउहरुमा बन्द सफल गराउन बिहानै देखि सडकमा टायर बाली तथा बाटोमा काठका मुढा राखी प्रदर्शन गरेका छन् । यसैबीच, मधेश बन्दलाई सफल पार्न निर्माण व्यवसायी संघ रौतहटले सदरमुकाम गौरबाट विशाल मोटरसाईकल ‍¥याली  निकाली जिल्लाभरी प्रर्दशन गरेका छन् ।

तपाईको प्रतिक्रिया