Khadya Bibhag

अनिल झाले भने, विगतको सम्झौता अनुसार सविधान नबने राजिनामा दिनेको सँख्या बढ्न सक्छ

काठमाडौ भदौ २ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले विगतमा भएको सम्झौता अनुसार सविधान निर्माण नभए सविधानसभाबाट राजिनामा दिनेको सँख्या बढ्ने चेतावनी दिएका छन् । सद्भावना पार्टीले सविधानसभाबाट आफ्ना सभासद्लाई सामूहिक राजिनामा गराउने घोषणा गरेको भोली पल्ट अध्यक्ष झाको यस्तो भनाई आएको हो ।
उनले मधेशीहरुका लागि सविधानसभामा बस्ने औचित्य समाप्त हुँदै गएको दावी गर्दै अझैपनि राज्य गम्भिर नभए मधेशवादी दलहरु सविधानसभा छाडेर मधेशमा गएर बस्ने चेतावनी दिए । अध्यक्ष झाको पार्टीबाट सविधानसभामा एकजना समानुपातिक प्रतिनिधित्व गरिरहेका छन् ।
उनले अहिले आएको प्रदेशको खाकाले जिल्ला विकास समितिको भन्दा कम अधिकार दिएको बताउँदै ६ प्रदेशबाट कुनै पनि समुदाय तथा पार्टी सन्तुष्ट नरहेको बताए
रिर्पोटर्स क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सीमानाको विषयमात्रै नभई प्रदेशको अधिकार, पहिचान सहितका धेरै विषयका कारण मधेसमा आन्दोलन भएको दावी गर्दै पहिलो संविधानसभाको समिति र आयोगले तयार पारेको प्रतिवेदन अनुसार सीमांकन हुनु पर्ने धारणा राखे ।
उनले अहिलेको सीमांकन कुनै सिद्धान्त अनुसार नभएकोले यो मधेसले नमान्ने स्पष्ट पार्दै संघीयता नचाहनेले गरेको सीमांकन मान्य नहुने दावी गरे ।
उनले सबै निकाय संघीय हुनु पर्ने मिथिला र लुम्बिनी भएकादेखि मधेसी भएकोले उनीहरुलाई अंगिकृत नागरिकता दिने प्रावधान मान्यत नहुने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया