मुम्बई, (एजेन्सी) भदौ २ गते । अभिनय सुरु गरेको करिब २५ वर्ष पछि फिल्म निर्देशनमा फर्किने तयारीका लागि चर्चित बलिउड अभिनेता नाना पाटेकर काठमाडौं आउने भएका छन् । नाना आफूले निर्देशन गर्न लागेको दोस्रो नाम नराखिएको फिल्मको सुटिङ् स्थल अवलोकनका लागि नेपाल आउन लागेका हुन् । निर्देशनमा फर्किन लागेका नानाले प्रेस ट्रष्ट अफ इण्डिया(पिटिआइ)सँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
उनले भने, म एउटा फिल्म निर्देशन गर्दै छु जून एउटा जीवनीमा आधारित हुनेछ । फिल्ममा एउटा केटीको जीवन वरीपरी घुम्नेछ । म सुटिङ् स्थलको खोजीमा छिट्टै हिड्ने तयारीमा छु । म काठमाडौं जाँदैछु ।’ नानाले आफू अभिनित फिल्म ’अब तक ५६’को तेस्रो श्रृखंला निर्देशन गर्ने चर्चा चलेको थियो । सो हल्लालाई खारेज गर्ने क्रममा उनले काठमाडौं आउन लागेको खुलासा गरेका हुन् । यध्यपी उनी कहिले काठमाडौं आउने हुन भन्ने बारेमा केही खुलाएका छैनन् ।
आफ्ना योजनाका बारेमा बोल्दै नानाले थप यसो भने, ’म आफ्ने निर्माण कम्पनि शुरु गर्दैछु, त्यसमा मेरो छोराले गम्भिर किसिमका फिल्म बनाउँनेछ ।’ नानाले सन् १९९१ मा ’प्रहार द फाइनल एट्याक’ फिल्मबाट निर्देशक बनेका थिए। त्यस यता उनले कुनै फिल्म निर्देशन गरेका छैनन्। फिल्ममा नाना स्वयमंका अलावा माधुरी दिक्षित, डिम्पल कम्पाडियाको अभिनय रहेको थियो । उनको ’वेलकम ब्याक’ फिल्म सेप्टेम्बर ४ मा रिलिज हुँदैछ



तपाईको प्रतिक्रिया