काठमाडौँ, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगतका सहमति कार्यान्वयन नहुन्जेल वार्तामा तत्कालै नबस्ने निर्णय गरेको छ । आज विहानै बसेको बैठकले २०६४ फागुनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मधेसी मोर्चाबीच भएको आठबुँदे सहमतिको कार्यान्वयन भएमात्रै वार्ताबारे सोच्न सकिने बताएको छ ।
१६ बुँदे सहमति ६ प्रदेशको खाकाको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सरकारले हालसम्म कुनै पनि औपचारिक वार्तामा बोलाएको छैन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वैठकपछि सहारा टाइम्सका संवाददातासित कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारसग आफूहरुको कुनै नयाँ माग नभएकाले विगतका शहादत र बलिदानको स्वरुप उपलव्धी र विगतमा भएको सरकार सितको सहमति प्रति प्रतिबद्ध हुन आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया