Khadya Bibhag

आन्दोलनका माग जायज रहेको भन्दै गणतान्त्रिक फोरमको पनि सर्मथन

महोत्तरी, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघिय मधेशी मोर्चा लगायतका विभिन्न राजनीतिक दलहरुद्वारा गरिएको मधेश आम हडताल पुर्ण रुपमा  मधेशी जनताको जायज मागको लागि भएको भन्दै मधेशी जनअधिकार फोरम गणतान्त्रिकले आन्दाृलनमा समर्थन जनाएको छ ।

हिजो मंगलबार जलेश्वर स्थित पार्टी कार्यलयमा प्रेस विज्ञप्ति जारी गर्दै फोरम गणतान्त्रिकका महोत्तरी जिल्ला अध्यक्ष सुर्य नारायण यादवले बन्दको समर्थन गरेका हुन् । उनले थारु तथा मधेशीहरुको आन्दोलन र माग एकदमै जायज भएको पार्टीले यसमा सहभागिता जनाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया