Khadya Bibhag

काँग्रेसले मारेको हो त रामवृक्षलाई ?

         

काठमाडौ भदौ २ गते । माओवादीका नेता एवं सहिद रामवृक्ष यादवको  स्मृति दिवस रहेको छ । एमाओवादी नेता रामरिझन यादवले एक विज्ञप्ति जारी गरी रामवृक्षको स्मृति दिवस मनाई रहेको बेला पहाड र मधेश आन्दोलित भएको र कर्णाली प्रदेशको स्वयत्तताको लागि तीन जना र मधेशको स्वायत्तताको लागि एक जना सपूत शहिद भैसकेको जनाईएको छ ।
रामवृक्षको सपना साकार पार्न सम्पूर्ण जातपाति, भाषाभाषी, लिङ्ग, वर्ग, क्षेत्रका जनताको मुक्तिको खातिर लड्नु पर्ने बेला आएको बताउँदै उनले जनयुद्धको पूर्वसन्ध्यामा नेपाली काँग्रेसका नेता मारिएका रामवृक्षको रगतवाट सिर्जित दसवर्षको जनयुद्धले दिएको अधिकार पनि खोस्ने दुष्प्रयास भैरहेको बताएका छन् ।
      भारदहमा मारिएका मधेशी सपूत राजिव राउतलाई शहिद घोषणा गर्दै उनको क्षतिपूर्तिको लागि सरकारसंग उनले जोरदार माग गरेको छ । साथै आफ्नो छोरा गुमाएकोमा परिवारजनमाथि पर्न आएको असिम दुःखप्रति सहानुभूति र समवेदना प्रकट समेत गरेका छ ।

तपाईको प्रतिक्रिया