Khadya Bibhag

मधेश आन्दोलनको बारेमा रामरिझन यादवको अपिल

     

               अपील
आदरणीय जनसमुदाय,
हाम्रा महान पुर्खाहरुले वि.स. २००८ सालमा सुरुवात गरेको संघीयताको माँग २०६४ सालको मधेश विद्रोह पश्चात मात्र मूर्तरुप धारण गर्न सकेको हो । यसका लागि दस वर्षको महान जनयुद्ध तथा ०६२–६३ को ऐतिहासिक जनआन्दोलनले आधारभूमि तयार पारेको कुरा कसैवाट लुकेको छैन । यति लामो संघर्ष र कैयौं दर्जन शहिदहरुको बलिदानवाट प्राप्त अधिकारलाई आज शासक वर्गले दिनदहारै अपहरण गर्ने दुष्प्रयास गरेका छन् । झापा, मोरङ्ग, सुनसरी, जहाँ हाम्रा पुर्खाहरुले कोशीको किनारमा बराहक्षेत्र धामको स्थापना गरेका थिए, आज हामीवाट छिनिएको छ । विश्वलाई नै सत्य र अहिंसाको शिक्षा दिने युगस्रष्टा महान गौतम बुद्धको जन्मस्थललाई पहाडमा मिसाएर हाम्रो पहिचानलाई समाप्त पार्ने दुष्प्रयास भएको छ । सन १८१४–१६ को लडाईमा अंग्रेजभारतले लिइसकेको बाँके, बर्दिया, कैलाली, कंचनपुरलाई सन १८६० मा फर्काएको इतिहास साक्षी छ । यसरी पूर्वमा झापादेखि पश्चिममा कंचनपुरसम्मको भूभाग हाम्रो हो । तराई मधेशको हो । यसका लागि संघर्षको सिवाय अर्को विकल्प छैन । पुर्खाको अर्तिलाई मूर्तरुप प्रदान गर्न ज्यान गएपनि हामी छोड्ने पक्षमा छैनौ ।
         यिनै कुराहरुलाई सिरोधार्य गर्दै दर्जनौ शहिदहरुको सूचिमा एक अर्को मधेशी सपूत राजिव राउतहरुको नाम पनि जोडिन गएको छ । आफ्नो अधिकारका लागि संघर्ष गर्दा सप्तरी भारदह–१ का राजिव राउतलाई पहाडी शासक वर्गका जल्लादहरुले हत्या गरेका छन भने कैयौलाई आफ्नो गोलीवाट छल्नी गरेका छन् । जीवनमरणको दोसाँधमा रहेका ती मधेशी सपूतहरुको उपचारको लागि सरकारले सम्पूर्ण खर्च व्यहोर्नु पर्ने हाम्रो माँग रहेको छ । साथै प्रहरीको गोलीको शिकार भएका वीर योद्धा राजिव राउतलाई अविलम्व शहिद घोषणा गर्दै क्षतिपूर्तिको लागि सरकारसंग जोररदार अपील गर्दछौ ।
   अहिलेको झगडा पहाडी र मधेशी समुदाय वीचको होइन । त्यो कदापि हुन सक्दैन । अहिलेको अवस्थामा दुइटै समुदाय नेपालको वास्तविकता हो । मिश्रित समाजको निर्माण भैसकेपछि त्यसलाई छुट्याउनु भन्दा कसरी सामञ्जस्ता स्थपित गर्न सकिन्छ भन्ने कुराप्रति मधेशी समाज सधै सजग र चिन्तनशील रहदै आएको छ । त्यसैले मधेशी समुदायको संघर्ष कुनै पहाडी व्यक्तिसंग होइन पहाडी शासक वर्गसंग हो, जसले सैयौं वर्षदेखि उसको पहिचानलाई मटियामेट पार्दै आन्तरिक औपनिवेशीकरण तहत शासन गर्दै आएको छ । यस्तो अवस्थामा लोकतान्त्रिक प्रणालीका खोल आढेका केही पार्टीहरुले प्रजातान्त्रिक अभ्यासको क्रममा आफै सवै समस्या समाधान हुने डिङ्ग हाँकेको कैयौं दशक भैसकेको तथ्य जगजाहेर छ । तर अहिले आएर सवैभन्दा ठूलो अपहरणकारी उनिहरु नै भएका छन् । सप्तरीदेखि पर्सासम्मको भूभागलाई मात्र मधेश देख्ने पंचायती संस्करणका यी अध्येताहरुले झापा, मोरङ्ग सुनसरीमाथिको आफ्नो वर्चश्वलाई यथावत राख्यो । के झापा सिटौला, बुढाथोकीको हो कि सन्थाल राजवंशीको ? मोरङ्ग, सुनसरी कोइरालाको हो कि त्यहाँको थारु, मुस्लीम मधेशीको ? त्यस्तै कैलाली कंचनपुर पक्कै पनि देउवा, लेखक र चटौतको होइन । त्यहाँका भूमिपुत्र थारु हुन । तर आज यिनै सिटौला, कोइराला, देउवा, लेखक र चटौतको व्यक्तिगत लाभ र हानीको आधारमा सिमाङ्कन गरिएको छ । वर्षौवर्षसम्म थारुहरुलाई कमलरी, कमैया जस्तो दासत्व जीवन बाँच्न बाध्य पार्ने यी देउवाचटौतहरु आज उसको आफ्नो भूमिबाट बेदखल गर्ने दुष्प्रयास गरेको छ । यतिमात्र होइन कर्णालीवासीलाई उसको विशेषाधिकारवाट बञ्चित गरिएको छ । यस्तो विषम र प्रतिकूल परिस्थितिमा हामी सवै मधेशी समुदाय महान क. रामवृक्ष यादवको विसम् स्मृति दिवसको अवसरमा उहाँको सपनालाई साकार पार्न सवै शोषित, पीडित उत्पीडित जातजाति, भाषाभाषी, लिङ्ग, वर्ग र क्षेत्रको पक्षमा संघर्ष गर्नु बाहेक अर्को विकल्प छैन ।
                                  एकीकृत नेकपा(माओवादी)
                                             सिरहा, क्षेत्र न. ३

       

तपाईको प्रतिक्रिया