Khadya Bibhag

मोर्चाको बैठकलाई नपर्खि किन गरे हतारमा राजिनामा ? (किन बोल्न मान्दैनन् मोर्चाका नेताहरु)

काठमाडौ भदौ १ गते । सद्भावना पार्टीका सभासद्ले सविधानसभाबाट  सामूहिक राजिनामा दिएको कुराले निकै चर्चा पाएको छ । सो पार्टीले धेरै पहिलादेखि नै यस राजिनामा दिने घोषणा गरेका थिए तर आजको यो घोषणाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु अच्चमित परेका छन् ।
मोर्चाका एक घटक सद्भावना पार्टीले आफ्ना पार्टीका सभासद्लाई राजिनामा गराउनु अघि एक पटक मोर्चामा छलफल गर्नुपर्ने थियो । भोली विहान मोर्चाको बैठक बस्दैछ आज साँझ हतार हतारमा राजिनामाको घोषणा गराउनुलाई के बुझ्न सकिन्छ, मोर्चाका एक नेताले भने समाचारमा मेरो नाम नदिनु होला । बेकारमा किन विवादमा पर्नु तर राजेन्द्र महतोको जीको यो एउटा नयाँ स्टन्ट हो त्यति बुझ्नुस् ।’
उनले भने, सविधानसभाबाट राजिनामा दिएको हो व्यवस्थापिका संसदबाट दिएको होइन, अब केही दिनमा सविधानसभा आफै भंग हुँदैछ त्यसपछि व्यवस्थापिका संसद भएर रहनु हुन्छ ।’ राजिनामा दिनु ठिक हो वा बेठिक हो त्यो आफ्नो ठाउँमा छ । राजिनामा दिएर सविधानसभालाई केही फरक पर्दैनन् न मधेशलाई फरक पर्छ, ती नेताले भने, मधेशी सभासद्हरु सविधानसभामा जाँदैन त्यसले के हुन्छ के फरक पर्छ ? पोल्टिक्समा यो सब भइरहन्छ ।’
उनले भोली विहान बैठक बस्दैछ, बैठकमा गएर आफ्नो दलले सविधानसभाबाट राजिनामा गर्दैछ अरु दलहरुको के विचार छ त्यो विचार बुझेर राजिनामा गर्दा पनि हुन्थ्यो भन्दै हुनसक्छ उनको कुरामा कन्भिन्स भएर अरु दलका सभासद्हरु पनि राजिनामा दिन तयार हुन्थे कि तर आफूलाई अगाडि देखाउन हतार हतारमा आकस्मिक राजिनामा गरेको प्रतिकृया दिए ।
स्रोतका अनुसार केही दिन पहिले उपेन्द्र यादवको पार्टी कार्यालयमा मोर्चाको बैठकमा राजेन्द्र महतोले सविधानसभाबाट राजिनामा दिने विषयलाई उठाएका थिए । त्यसमा अरु नेताहरुले यस विषयमा छलफल गर्ने प्रतिकृया दिएका थिए ।
तराई मधेश सद्भावना पार्टीका एक नेताले आफूले यस विषयमा कुनै पनि प्रतिकृया नदिने भोली मोर्चाको बैठक बस्दैछ त्यसमा यस विषयमा के के कुरा उठ्छन् अनि मात्र प्रतिकृया दिउँला भनि फोन काटे ।

तपाईको प्रतिक्रिया