![]() |
| प्रहरी समक्ष बिलौलना गर्दै एक आन्दोलनकारी |
काठमाडौ भदौ १ गते । प्रहरीको गोलीले भारदह–१ निवासी १७ वर्षीय सत्यनारायण राउत, ३५ वर्षीय सुरेन्द्रकुमार मण्डल, १६ वर्षीय अपक साह, भारदह–२ का ४३ वर्षीय देवनारायण विश्वास, र १९ वर्षीय गोपालराज मण्डल घाइते भएका छन् ।
आन्दोलकारी उपर प्रहरीको अन्धाधुन्द लाठीचार्जबाट संघीय फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साह, जिल्ला अध्यक्ष तथा मोर्चाका संयोजक दिनेश यादव सहित दर्जनौ नेता तथा कार्यकर्ता घाइते भएका छन् । प्रहरी भीडलाई नियन्त्रणमा लिन दर्जनौ गोली फायर र अश्रु ग्यास रबरका गोली प्रहार गरेका छन् ।
यता सप्तरी प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले अवरुद्ध राजमार्ग खुलाउन गएका प्रहरी उपर आन्दोलनकारीहरु ढुङ्गामुढा तथा पेट्रोल बम्ब प्रहार गर्न थालेपछि प्रहरीले लाठीचार्ज र हवाइ फायर गरेको बताएको छ ।तर गोलीले अहिले सम्म कसैको मृत्यु नभएको बताएको छ ।



तपाईको प्रतिक्रिया