![]() |
| प्रहरीको गोलीबाट घाइते |
सप्तरी भदौ १ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट मोर्चाको अनिश्चितकालीन बन्दका कारण मधेशमा तनाव बढ्दै गएको छ । प्रहरी र आन्दोलनकारीबीच ठाउँ ठाउँमा झडप शुरु भएको छ भने दर्जनौ घाइते हुनुको साथै एक जनाको मृत्यू समेत भएको
सप्तरीमा बन्दको क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहार गर्दा गोली लागि राजीव राउतको मृत्यु भएको जनाइएको छ ।
सप्तरीको भादरहमा अहिले प्रहरी र आन्दोलनकारीबीच अवस्था तनावग्रस्त रहेको छ । प्रहरीले राउतको छातीमा गोली हानेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
प्रहरीको गोली लागि मृत्यू भएका राउतको सम्झानामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका युवा विद्यार्थीले काठमाडौमा मैतिघरदेखि बानेश्वरसम्म मौन जुलुस निकालेको छ ।
बन्दले गर्दा सार्वजनिक यातायातका साधन लगातार चार दिनदेखि ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन् ।
विराटनगरका सडकमा रिक्सा र छिटफुटरुपमा मोटरसाइकल गुडिरहेको देखिन्छ । विराटनगरबाट २५ किलोमिटरको दूरीमा रहेको इटहरीसम्मको भाडा रु ७०० सम्म रिक्सा चालकले असुल्ने गरेका छन् ।
वैशाख १२ गते भूकम्प र त्यसपछि करिब एक महिनासम्म दिनहुँ आउने गरेका परकम्पका कारण बन्द भएका विद्यालयमा अब फेरि बन्दकर्ताको आह्वानमा गरिएको बन्दले शिक्षण संस्था अतिप्रभावित भएका छन् ।
बन्दका कारण भारतबाट पर्याप्त मात्रामा विराटनगर बजारमा तरकारी नभित्रिदा तरकारीको मूल्य ह्वात्तै बढेको छ ।
बन्दको प्रभाव सरकारी कार्यालयमा पनि परेको छ । सार्वजनिक यातायातका साधन नचलेपछि सेवाग्राही व्यक्तिगत कामलिएर कार्यालय पुग्न नपाउँदा सधैँ चहलपहल रहने कार्यालयका परिसर यतिखेर सुनसान देखिन्छ ।



तपाईको प्रतिक्रिया