Khadya Bibhag

डा. विरेन्द्र महतो पक्राउ

सिरहा, साउन ३२ गते । अनिश्चितकालिन तराई मधेश थरुहट बन्द सफल बनाउन आन्दोलनमा उत्रिएका संघीय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र प्रसाद महतोसहित १२ जना कार्यकर्तालाई प्रहरीले सिरहाको मिर्चैयाबाट गिरफ्तार गरेको छ ।
वैद्य माओवादीसँग मिलेर दुई दिने नेपालबन्द घोषणा गरेको मधेसी मोर्चाले सोमवार अनिश्चितकालीन मधेश बन्दको घोषणा गरेको हो । बन्द सफल बनाउन सिरहाको मिर्चैयामा खटेका सभासद् महतोसहित तमलोपाका कार्यकर्तालाई समेत प्रहरीले गिरफ्तार गरेर सिरहा सदरमुकाम लगेको प्रत्यक्षदर्शी कुमार विष्टले जानकारी दिए । 
उनले भने, “बन्दको अवेज्ञा गर्दै स्कर्टिग गर्दे सवारी चलाएपछि त्यसको विरोध गर्न खोज्दा सभासद्सहित एक दर्जन कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।”
मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया