Khadya Bibhag

मधेशी महिलामाथि कष्टडीमै प्रहरीद्धारा दुरव्यवहार

काठमाडौ साउन ३२ गते । आन्दोलनका क्रममा समातिएका दुई जना मधेशी महिलालाई प्रहरीले दुरव्यवहार गरेको छ । शान्तिपूर्ण बन्द हड्तालको क्रममा जुलुस लिएर हिडि रहेकी बेलामा प्रहरीले समातेर बानेश्वर प्रहरी वृतमा राखेको छ ।
प्रहरी वृतमा राखिएका उनीहरुले लिएर सल खोसेर सडकमा घुमाएको संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष विजय यादवले जानकारी गराए । मधेशी महिला भनेर वृतभित्र गाली गलौज गर्नुको साथै हातको चुरा समेत खोल्न लगाएको र जीउ ढाकिएका सल पनि राख्न लगाएर वृतमा राखिएको कोषाध्यक्ष यादवले बताए ।
फोरम नेपालमा कार्यकर्ता रहेकी निर्मला यादव र सुनिता रामलाई प्रहरीले पक्राउ गरी हिरासमा राखेको छ । आन्दोलनका क्रममा समातिएका अन्य आन्दोलनकारीलाई छाडिएपनि ती दुई जना महिलालाई थुनेर राखेका छन् ।  यस विषयमा त्यहाँका डिएसपी धनबहादुर कार्कीलाई सम्पर्क गर्दा उनले ढुगां मुढा गरेको अरोपमा समातिएको हो र कस्टडीमा राख्दा सल राख्न नदिएको कारण सल खोसिएको प्रतिकृया दिए ।

तपाईको प्रतिक्रिया