Khadya Bibhag

अनिश्चितकालिन बन्दी यथास्थितीमा नरोकिने चेतावनी ः लक्ष्मणलाल कर्ण

काठमाडौँ साउन ३२ गते । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रतिगमनकारी संविधान र सीमांकनको विरोधमा भइरहेको आन्दोलन यथास्थितीमा नरोकिने चेतावनी दिनु भएको छ । आन्दोलनको अर्को कुनै विकल्प आफुहरुले नसोच्ने र नखोज्ने प्रष्ट पार्नु भए ।
ईमेज एफएमसँग सोमबार बिहान कुरा गर्दै उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको ‘बकवास’ ले मुलुक यो अवस्थामा आएको आरोपसमेत लगाए । उनले भने, ‘गच्छदारकै बकवासका कारण मधेसको अधिकार गुमिरहेको छ ।’
उनले नयाँ संविधानको मस्यौदामा ‘ब्राम्हणवाद’ झल्किएको आरोपसमेत लगाए । ‘चार दलका बाहुनहरुले बाहुनका लागि लेखेको संविधान हामीलाई मान्य छैन,’ उनले भने ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेस र मधेसी जनतालाई छाडेर बाहुनको पक्षपोषण गरेकै कारण संविधानको मस्यौदामा जनताको रायसुझाव संकलनका क्रममा उनी सिरहामा एक घण्टा पनि टिक्न नसकेको कर्णको भनाई छ ।
उनले भने, ‘दाहालमात्र होइन, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि गौरमा टिक्न सक्नुभएन ।’
कर्णले संघीयताका नाममा ल्याइएको ६ प्रदेशको अवधारणा पुरानै पाँच विकास क्षेत्रको नयाँ रुप भएको बताए । उनले भने, ‘विरोध कार्यक्रम रोकिदैंन, यो नसच्याएसम्म विरोध अझ सशक्त तुल्याइन्छ ।’
उनले धर्म्निरपेक्षताका विषयमा जनताको असन्तुष्टि रहेको स्वीकार गर्दै धर्म्निरपेक्षताको सट्टामा ‘सर्वधर्म’ राख्न सकिने बताए ।
मधेसवादी दलसँग विगतमा भएको सम्झौता र अन्तरिम संविधानको मर्म विपरीत आउने संविधान आफूहरुलाई कदापी मान्य नहुने उनको भनाई थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश– र थरुहत अनिश्चितकालिन बन्दलाई चरम निर्णयक विन्दुस्म्म पु¥याउन आन्दोलनलाई सशक्त्त रुपले अगाडी बढदै जाने कुराको पनि प्रतिवद्धता व्यक्त गर्नु भयो । 

तपाईको प्रतिक्रिया