काठमाडौ साउन ३१ गते । शान्तिपूर्ण बन्द कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी धडपकड गरेको छ । विहानैदेखि सडकमा देखिएका बन्दकर्ताहरुलाई प्रहरीले समातेर विभिन्न ठाउँमा राखेको बताइन्छ । तराई मधेश लोकतान्त्रि पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले महाराजगञ्ज प्रहरी तालिम केन्द्रमा मधेशवादी दलका विभिन्न ५० जनालाई समातेर राखेको जानकारी गराए ।
उनले शान्तिपूर्ण बन्द, जुलुस गर्न पाउनु पर्ने जनताको अधिकार हो, र प्रहरीले त्यसमा हस्तक्षेप गरेको बताउँदै आफ्नो पार्टीले त्यसको घोर भत्र्सना गरेको बताए ।
हुन त बन्द कार्यक्रम सफल पार्नका लागि हिजो प्रचार प्रसारमा हिडेका कार्यकर्ता तथा गाडिलाई समेत समातेको थियो भने मसाल जुलुसमा पनि धडपकड भएको थियो ।
बुजुली बजारमा मसाल जुलुसमा सहभागि भएका तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डललाई प्रहरीले धडपकड गरेका थिए । धडपकडको क्रममा प्रहरीले बल समेत प्रयोग गरेको फ्रन्टले जनाएको छ । प्रहरीको सो कार्यको फ्रन्टले घोर विरोध पनि गरेको छ
।




तपाईको प्रतिक्रिया