काठमाडौं साउन २९ गते । सभापतिले एकलौटी संविधानको मस्यौदा तयार पारेको भन्दै एमाओवादी नेता प्रभु साहले संविधान सभाको संविधान मस्यौदा समितिबाट राजिनामा दिएका छन् ।
शुक्रबार उनले समिति सभापति कृष्णप्रसाद सिटौला समक्ष आफ्नो राजिनामा बुझाएका हुन् ।
हिजो गरिएका सहमितहरुको स्वामित्व ग्रहण गर्ने काम भएन । विभिन्न समितिमा भएर आएका सहमतिलिाई मस्यौदा समितिले उल्ट्याउने र संविधानको विधेयक आफूखुशी बनाउन लागेपछि त्यहाँ बस्नुको औचित्य रहेन भन्दै मैलै राजिनामा दिएँ’, साहले सञ्चारकर्मीहरुसँग भने।
एमाओवादी पोलिट्ब्युरो सदस्य साह पार्टीको तर्फबाट समितिमा प्रतिनिधित्व गर्थे ।



तपाईको प्रतिक्रिया