![]() |
| सांकेतिक फोटो |
काठमाडौ साउन २९ गते । मधेशवादी दललाई सविधानसभाबाट राजिनामा दिने दवावका लागि मधेशी युवा तथा विद्यार्थीहरुले आज एक छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ । दिउँसो एक बजे बानेश्वरको आर्याल होटलमा हुने छलफलमा मधेशवादी दलका युवा, विद्यार्थीलगायत केही नेताहरुको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।
त्यसमा मधेशका नागरिक समाज, बुद्धिजिवी, पत्रकार तथा विभिन्न सरोकारबाला व्यक्तिहरुलाई पनि बोलाइएको छ । सविधानसभामा रहेका मधेशवादी दलहरु धेरै पहिलादेखि सविधानसभाबाट राजिनामा दिने धम्की दिँदै आएका थिए तर हालसम्म राजिनामा दिएका छैन । सविधानसभाबाट राजिनामा दिनुपर्छ भन्दै आमजनताले मात्र होइन कि ती दलका नेताहरुले पनि उठाउन थालेका छन् तर दलका नेताहरुले विभिन्न बहाना बनाएर त्यसलाई टार्दै आएको छ ।
सद्भावना पार्टीले त एकवर्ष पहिला नै मधेशी जनताको चाहना अनुसार सविधान नआए सविधानसभाबाट राजिनामा दिने घोषणा गरेका थिए तर त्यसपछि १६ बुँदे सम्झौता भयो । मस्यौदा पनि आयो । मस्यौदमा जनताले आफ्नो सुझाव पनि दिए । तर मधेशवादी दल राजिनामा दिएका छैन । जनताको सुझाव आएपछि मात्र मस्यौदा कस्तो सशोधन हुन्छ त्यो हेरेर मात्र राजिनामा दिने कुरा पनि दलका नेताहरुबाट आयो तर जनताको सुझाव समेटेर आएको मस्यौदा सविधानसभामा प्रस्तुत पनि भइसक्यो त्यसमा बहस पनि शुरु भएको छ तर मधेशवादी दलका नेताहरुले सविधानसभाबाट राजिनामा दिने धम्की मात्रै दिँदै आएका छन् । जनचाहना विपरित ६ प्रदेशको खाका आएको छ । सविधानसभाले त्यसलाई स्वीकृत पनि गर्ला तर सविधानसभाबाट राजिनामा दिने नाम नेताहरुले नलिएको सो दलका नेताहरुलो गुनासो गरेका छन् ।
धम्कीले मात्र हुँदैन, अब राजिनामा नै दिनुपर्छ भनि दवाव दिनका लागि आजको यो छलफल राखिएको आयोजकले जनाएको छ । छलफलको आयोजक बिक्की यादव संयोजक रहेको स्वभिमान मधेश विचार समूह रहेको छ ।



तपाईको प्रतिक्रिया