Khadya Bibhag

सप्तरीमा खाल्डोको पानीमा डुबेर २ वालकको मृत्यु

सप्तरी, २८ साउन । पानी जमेको खाल्डोमा डुबेर बुधबार साँझ सप्तरीमा दुई बालकको मृत्युभएको छ ।
मृत्यु हुनेमा सप्तरीको पिप्रापश्चिम गाविस–३ निवासी रामसेवक साहको पाँच वर्षीय छोरा निरज साह र सोही ठाउँका सुभन विकको पाँच वर्षीय छोरा शौरात विक रहेको सप्तरी प्रहरीले जनाएको छ ।
दुबै बालक घरनजिकै पानी जमेको खाल्डोमा खेल्दाखेल्दै डुबेको अवस्थामा स्थानीयवासीले फेला पारेको हो । फेला परेको बालकलाई उपचारका लागि लहानमा लैजाने क्रममा राति दुबै बालकको बीच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो

तपाईको प्रतिक्रिया