Khadya Bibhag

चारदलका नेताले मुलुकलाई सहि दिशानिर्देन दिननसक्ने ः अशोक राई

काठमाडौँ २८ गते साउन । सङ्घीय समाजवादी फोरमका संसदीय दलका नेता अशोककुमार राईले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा संविधानको मस्यौदा आउन नसकेको दावी गर्नुभयो ।

चार दलका नेताले मुलुकलाई सही दिशानिर्देश गर्न नसक्ने उहाँको भनाइ थियो । शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सहमतिबाटै संविधान ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।
संविधान निर्माण प्रक्रियामा आफूले अवरोध नगर्ने बताउँदै उहाँले मस्यौदामा आफूले फरक मत दर्ता गरेको जानकारी दिनुभयो ।
नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले संविधानको मस्यौदाप्रति जनताले देखाएका प्रतिक्रियालाई सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले हिमाल, पहाड, तराईसहितको प्रदेश बनाउन माग पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया