Khadya Bibhag

थारुको माग संविधानमा सम्वोधन नभएको गुनासो गरे गच्छदार

काठमाडौँ २८, साउन ।मधेसी जनअधिकार फोरमका (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जनताले संविधानको मस्यौदाप्रति देखाएका प्रतिक्रियालाई सम्बोधन गर्न जरुरी छ भन्नुभयो । उहाँले मेचीदेखि महाकालीसम्म बसोबास गर्ने थारु समुदायको मागलाई संविधानको मस्यौदाले सम्बोधन गर्न नसकेको गुनासो पोख्नुभयो ।
गच्छदारले आफू अहिले पनि ८ प्रदेशकै पक्षमा रहेको भन्दै थारुहरुलाई पहिचान नदिएसम्म संविधान लागू हुन नसक्ने बताएका छन् । तर, मधेसले पहिचान पाइएन भने चित्त दुखाउने ठाउँ नरहेको गच्छदारको बनाइ छ ।
व्यवस्थापिका संसदमा बोल्दै नेता गच्छदारले आफूले ८ घण्टा लगाएर फरक मतसहित सीमांकनमा हस्ताक्षर गरेको तर आफूलाई कसैले कन्भिन्स नगरेको बताए । आफ्नो असहमति हुँदाहुँदै पार्टीभन्दा देश ठूलो हो भनेर संविधान बनोस् भन्नका लागि हस्ताक्षर गरेको गच्छदारले बताए ।
आफूले पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरलाई मिलाएर बेग्लै प्रदेश बनाउन प्रस्ताव गरेको गच्छदारले सदनमा स्पष्ट पारे । त्यसो गर्न सकेको भए पूर्वका थारु एवं मेचे कोचे लगायतका जातजातिको सम्बोधन हुने उनले तर्क गरे । त्यसैगरी बाँके बर्दिया, कैलाली कञ्चनपुरका थारुहरुलाई स्वायत्तता नदिएसम्म संविधान लागू नहुने उनले बताए ।

तपाईको प्रतिक्रिया