Khadya Bibhag

तीन दिनदेखी बर्दिया वन्दका कारण जनजीवन प्रभावित

बर्दिया, २८ साउन । थारु कल्याणकारीणीसभा सङ्घर्ष समिति बर्दियाले मङ्गलबारदेखि गरेको अनिश्चितकालीन बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ ।
कञ्न्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर मङ्गलबारदेखि गरिएको अनिश्चितकालीन बर्दिया बन्दका कारण तीन दिनदेखि बर्दियाको जनजीवन प्रभावित भएको हो ।
यही साउन २६ गतेदेखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको थारु कल्याणकारी सभाले आज बर्दियाको सदरमुकाम गुलरियामा जनप्रदर्शनसहित नगर परिक्रमा गरी कोणसभा सम्पन्न गरेको छ ।
थारु कल्याणकारीणी सङ्घर्ष समितिको बन्दका कारण यातायात पूर्णरुपमा ठप्प भएको छ । बन्दका कारण बर्दियाको सदरमुकाम गुलरियालगायत व्यापारिक केन्द्र राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढीलगायतका क्षेत्र मङ्गलबारदेखि पूर्णरुपमा बन्द छन् । यातायात र बजारसँगै शिक्षण संस्था र कलकारखानासमेत ठप्प रहेका छन् ।
गत मङ्गलबारदेखि अनिश्चितकालीन बर्दिया बन्द गर्ने थारु कल्याणकारीणी सभाको सभालाई सम्बोधन गर्दै थरुहट सम्बद्ध नेता एवम् सभासद गोपाल दहितले पुनः थरुहट प्रदेश हुनेगरी प्रदेशको सिमाङ्कन गर्न माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया