Khadya Bibhag

विश्व युवा दिवस गौशालामा मनाईयो

सविता थापा,  महोत्तरी, साउन २७ – विश्व युवा दिवस महोत्तरीको गौशालामा मनाईएको छ । प्रत्येक बर्ष अगष्ट महिनाको १२ तारिखको दिन विश्वभरि मनाईने यो दिवस पहिलो पल्ट गौशालमा विकासका लागि सामुदायिक युवा केन्द्र ( ऋथ्ऋम् ) को आयोजनामा मनाईएको हो । गौशाला बजारको परिसरमा रहेको कृषि सेडमा आयोजित सो कार्यक्रमका वक्ताहरुले देश निर्माण, स्थानियस्तरको विकासको लागि युवाहरुको अहम भुमिका रहने भएकोले हरेक निकायमा युवाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए । 
प्रमुख आतिथ्यको आसन्नबाट कार्यक्रमलाई सम्बोधन गर्दै गौशाला नगरपालिकाको कार्याकारी अधिकुत रामकुमार महतोले नगरपालिकाले युवा बर्गलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु गर्दै आएको र अगामी दिनमा पनि यसको निरन्तरता दिईने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य रमेश कुमार महतो राहुलले देश विकास निर्माणको तहमा समेत समावेशीकरण भए मात्रे विकास कार्य सफल हुन सक्ने बताउनुभयो । त्यस्तै त्रिभुवन उच्च माविका शिक्षकद्धय विनय कुमार सिंह तथा रघुनाथ यादवले युवाबर्गप्रति सम्पुर्णको लक्षित हुनुपर्नेमा जोड दिनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संस्थाका अध्यक्ष दिनेश महतोले युवावर्गको उत्प्रेरित गर्नको लागि विभिन्न प्रकारका कार्यक्रमहरु अगामी दिनमा समेत गर्दै जाने प्रतिबद्धता दोहराउनुभएको थियो । 
कार्यक्रम हुनुपुर्व गौशालास्थित न्यु पाठशाला ईगलिश बोर्डिग स्कुलका विद्यार्थीहरु त्रिभुवन उच्च माविको मुलगेटदेखि वजार हुदै कुषि सेडमा आए कोणसभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न राजनितीकर्मी, शिक्षक, किसान, व्यापारी, प्रहरी तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रमलाई रेडियो गौशालाका मोहम्मद अझरुद्दिनले उदघोषण गरेको थियो ।

तपाईको प्रतिक्रिया