राजकरण महतो, महोत्तरी, साउन २८ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारी अनुसार महोत्तरीको पूर्व–पश्चिम राजमार्ग, बर्दिवास–जलेश्वर सडकखण्ड र बर्दिवास–सिन्धुली सडकखण्डका पक्की (कालोपत्रे) सडकमा अत्याधिक दुर्घटना हुने गरेको देखिएको छ । महोत्तरीमा पक्की सडक ७४ कि.मि., ग्राभेल सडक १२५ कि.मि. र कच्ची सडक ३० कि.मि. गरि जम्मा २२९ कि.मि.सडक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तुलसी प्रसाद उप्रेतीले बताए । बढी सवारीसाधनहरु गुडने यी सडकहरुमध्ये कालोपत्रे ७४ कि.मि सडकमा बढी दुर्घटना हुने गरेको उनीसंग तथ्याङ्क छ । महोत्तरीमा ग्राभेल र कच्ची सडकभन्दा पक्की सडकमा बढि दुर्घटना हुने गरेको देखिएको छ ।
गएको तीन वर्षको अवधि र चालु आर्थिक वर्ष अर्थात् ३७ महिनामा महोत्तरीको विभिन्न स्थानमा ५७ जनाको सडक दुर्घटनामा परेर मृत्यू भएको छ । चालु आर्थिक वर्ष २०७२–०७३ मा गएको सोमवार बोलबंम सवार बस महोत्तरीको बर्दिवास नगरपालिका–५ पाटुमा दुर्घटना हुदाँ ६ जनाको घटनास्थल र २ जनाको उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यू भएसंगै गएको तीन वर्ष र चालु आर्थिक वर्ष गरि ५७ जनाले दुर्घटनामा परेर ज्यान गुमाउनु परेको तथ्याङ्क रहेको छ । दुर्घटना ग्रस्त १२४ सवारी साधनमा परेर ४४९ जना भन्दा बढि घाइते भएका छन् । चालकको लापरवाही, यात्रुको गल्ति, सडकको अवस्था, ओभरटेक, तिब्र गति, यान्त्रिक गडबडी जस्ता कारणहरु दुर्घटनाको मुख्य कारण रहेको छ ।



तपाईको प्रतिक्रिया