काठमाडौँ, साउन २६ गते । संयुक्त थारुहटरथारुवान संघर्ष समितिले मंगलबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको मशाल जुलुस र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो । बागबजारको भित्री गल्लीबाट निस्किएको र्याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पारेको थियो । पद्यमकन्या क्याम्पस हुँदै र्याली पुतलीसडकतर्फ अघि बढेको थियो ।
थरुहट तराईका भूमि पहाडमा गाभेको, थारुबाहूल्य कैलाली(कञ्चनपुरलाई अखण्डमा मिसाएको भन्दै उनीहरुले स्वायत्त थरुहट प्रदेशको माग गर्दै र्याली निकालेका हुन् । र्यालीमा थारु सभासदहरु मानबहादुर चौधरी, गंगा थारु, तेजुलाल चौधरी, योगेन्द्र चौधरीलगायत सहभागी थिए । समितिले भोलि (बुधबार)देखि तराईमा आमहड्ताल घोषणा गरेको छ । साउन २७ गते बुधवारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया