जनकपुर, साउन २६ गते । मधेशी मोर्चा र मोहन वैद्य किरण नेतृत्वको माओवादी सहितका दलहरु मिलेर संयूक्तरुपमा विरोध जुलुस प्रदर्शन गरेका छन् ।
संविधानसभा भित्र रहेका सत्तापक्षी सहितका मुख्य ४ दलीय शिर्ष नेताहरु बसेर ल्याएको ६ प्रदेशको संख्या र सीमाङ्कन सम्बन्धमा निर्णय गर्नु भनेको पश्चगामी तथा प्रतिगामी कदम रहेको भन्दै सोको विरोधमा जनकपुरमा विरोध जुलुस प्रदर्शन गरेको हो ।
मंगलबार जनकपुरको रेल्वे स्टेसनबाट नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । यस कोणसभालाई सम्बोधन गर्दै नेकपा–माओवादी धनुषाका ईन्चार्ज श्याम यादवले आन्दोलनलाई थप सशक्त बनाउनका लागि र संघीयतालाई मजबुत बनाउनका लागि समेत मधेशवादी दलहरुका सभासदहरुलाई संविधानसभा परित्याग गर्न आग्रह गर्दै सडक आन्दोलनमा उत्रन जोडदार माँग गरेका छन् ।
यस विरोध सभामा सम्बोधन गर्दै सद्भावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहले मुख्य ४ दल वीच भएको सम्झौता अनुसार प्रस्तावित अवधारणा मधेश विरोधी र विभेदकारी नीतिको अख्तियार गरिएको आरोप लगाए । उनले कथित संविधानसभाको दोश्रो पटकको नौटंकीबाट जारी गरिएको भनिएको संविधानको खेस्रा देखाउने दाँत मात्र भएको भन्दै उनले भने “ विदेशी र पश्चगामीको मोडेलमा आउन लागेको संघीयतावाला ६ प्रदेशको सहितको संविधान विभेदकारी र जनयूद्ध, जनआन्दोलन र मधेश आन्दोलन सहित विभिन्न अधिकारवादी आन्दोलनको विरुद्ध रहेको छ ।”
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साह खसवादी मानसिकताबाट ग्रस्त भएका कांग्रेस–एमाले सरकार तथा पिछलग्गु दल बनेका एमाओवादी–फोरम लोकतान्त्रिकको गद्दारीको कारणले संघीयता र सिमांकन धरापमा पर्न सक्ने प्रवल खतरा रहेको औल्याए ।
त्यसैगरी मधेश अधिकार संघर्ष समितिले पनि जनकपुरमा
मधेशी सभासदहरुलाई संविधानसभा त्याग गर्नका लागि सांकेतिक रुपमा प्रदर्शन गरेका छन् ।




तपाईको प्रतिक्रिया